जी-२० सम्मेलन सुरु, मोदीले गरे पाहुनाको स्वागत

नेपालभ्युज

जी-२० सम्मेलन सुरु, मोदीले गरे पाहुनाको स्वागत

नयादिल्ली। आजबाट जी-२० सम्मेलन भारतको दिल्लीमा सुरु भएको छ ।

जी-२० सम्मेलनमा भाग लिन अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक, अर्जेन्टिनाका राष्ट्रपतिसहित अन्य १७ देशका प्रमुखहरू कार्यक्रममा उपस्थित रहेका छन् । जी-२० सम्मेलन ९ र १० सेप्टेम्बर गरी २ दिनसम्म सञ्चालन हुनेछ ।

आज सम्मेलनको पहिलो दिन २० देशका नेताहरू एउटै मञ्चमा छन् । २० देशका प्रमुखहरू एक ठाउँमा बसेर विश्वको बारेमा छलफल गर्नेछन् । जि २० मा १९ देश र एउटा युरोपीयन संघ आबद्ध छन् । अ

स्ट्रेलिया, अर्जेन्टिना, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इण्डोनेसिया, इटली, जापान, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अप्रिmका, दक्षिण कोरिया, टर्की, युनाइटेड किंगडम, संयुक्त राज्य अमेरिका रहेका छन् ।

सो अवसरमा कार्यक्रम स्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जि २० देशका अन्य सदस्यहरूलाई स्वागत गरेका छन् । साथै, उनले जि २० सम्मेलनमा मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परी निधन भएकाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरे ।

त्यस्तै, उनले कोरोना महामारीलाई समेत विश्वका सबै राष्ट्र मिलेर समाधान गरेको भन्दै अहिले विश्वमा देखिएका समस्याहरूलाई पनि सबै मिलेर समाधान गर्नुपर्ने बताए ।

सम्मेलनमा अफ्रिकी संघलाई स्थायी सदस्यका रूपमा समावेश गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसको घोषणा गरेका हुन् ।

समूहको २० औं सदस्य युरोपेली संघ हो। अफ्रिकन युनियन यस संस्थामा स्थायी सदस्य बनेपछि अहिले १९ देश र दुई महासंघ सदस्य भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved