घट्यो युरोको मूल्य, अन्य विदेशी मुद्राको विनिमय दर कति ? 

नेपालभ्युज

घट्यो युरोको मूल्य, अन्य विदेशी मुद्राको विनिमय दर कति ? 

काठमाडौँ । नेपाल राष्ट्रबैंकले आज(शुक्रवार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज युरो एकको खरिद दर १४२ रुपैयाँ २६ पैसा रहेको छ भने बिक्री दर १४२ रुपैयाँ ९१ रुपैयाँमा झरेको छ । हिजो युरो एकको खरिद दर १४२ रुपैयाँ ५३ पैसा र बिक्री दर १४३ रुपैयाँ १७ पैसा रहेको थियो ।

त्यसै गरी आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ४४ पैसा रहेको छ ।

त्यस्तै बेलायती पाउन्ड एकको खरिद दर १६५ रुपैयाँ ६१ पैसा र बिक्री दर १६६ रुपैयाँ ३६ पैसा रहेको छ,भने कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved