कोशी प्रदेशका सम्बन्धमा सर्वोच्च अदालतको निर्णय (संक्षिप्त आदेशसहित)

नेपालभ्युज

कोशी प्रदेशका सम्बन्धमा सर्वोच्च अदालतको निर्णय (संक्षिप्त आदेशसहित)
फाइल तस्वीर

काठमाडौँ । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई नियुक्त गर्न परमादेश जारी गरेको छ ।

न्यायाधीशहरू सपना प्रधान मल्ल, डा.कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले बिहीबार यस्तो परमादेश जारी गरेको हो । साथै अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त हुने आदेश दिएको छ ।

अदालते संविधानको धारा १६८ (३) अनुसार सबैभन्दा ठूलो दलका नेता हिक्मत कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको हो । थापा २१ असारमा संविधानको धारा १६८(२) अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए ।

१६ साउनमा मुख्यमन्त्री नियुक्त भएका थापाले प्रदेशसभा बैठकको अध्यक्षता गरेका इस्राइल अन्सारीलाई मतदान गर्न लगाएर ४ भदौमा प्रदेशसभाबाट विश्वासको मत लिएका थिए ।

सभाध्यक्षले मतदान गर्न नपाउने संवैधानिक व्यवस्था रहेको जिकिर गर्दै एमाले संसदीय दलका नेता हिक्मत कार्की सर्वोच्च पुगेका थिए । उनले थापाले प्रदेश सभाबाट पाएको विश्वासको मत खारेज गरी संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सरकार गठनका लागि परमादेश मागेका थिए ।

यस्तो छ सर्वोच्चको आदेश । 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved