रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा, आजै अन्त्येष्टि

नेपालभ्युज

रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा, आजै अन्त्येष्टि

काठमाडौं । निमोनियाका कारण निधन भएका काठमाडौं महानगर– १६ का वडाध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीरलाई भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा राखिएको छ ।

आज बिहान निधन भएका रिजालको शवलाई श्रद्धान्जलीका लागि १२ बजेसम्म सभागृहमा राखिने बताइएको छ । त्यसपछि शवयात्रासँगै पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने रिजालको परिवारले जनाएको छ ।

धापासीको ग्रान्डी अस्पतालमा उपचार गराइरहेका रिजालको आज बिहान मृत्यु भएको हो ।

रिजाल काठमाडौं कांग्रेस क्षेत्र नम्बर ७ क्षेत्रिय सभापति समेत थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved