डेंगी लागेका काठमाडौं महानगरका वडाध्यक्ष मुकुन्द रिजालको मृत्यु

नेपालभ्युज

डेंगी लागेका काठमाडौं महानगरका वडाध्यक्ष मुकुन्द रिजालको मृत्यु

काठमाडौं । डेंगीले ग्रस्त काठमाडौं  काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको  मृत्यु भएको छ ।

धापासीको ग्रान्डी अस्पतालमा उपचार गराइरहेका रिजालको आज बिहान मृत्यु भएको हो । नेपाली कांग्रेसकी नेतृ सृजना सिँहले रिजालको मृत्युबारे पुष्टि गर्दै स्तब्ध भएको बताएकी छिन् ।

रिजाल काठमाडौं कांग्रेस क्षेत्र नम्बर ७ क्षेत्रिय सभापति समेत हुन् । रिजाल गत स्थानीय तह निर्वाचनमा एमालेका लक्ष्मीरत्न तुलाधरलाई हराएका विजयी भएका थिए ।

खरो बोल्ने र निडर शैलीका कारण रिजाल स्थानीय र अरु वडाका बासिन्दासामु पनि लोकप्रिय थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved