बागमती प्रदेशसभा बैठक पुनः स्थगन

नेपालभ्युज

बागमती प्रदेशसभा बैठक पुनः स्थगन

हेटौंडा। आजको लागि तय गरिएको बागमती प्रदेशसभाको बैठक पुनः स्थगित भएको छ । दिउँसो १ बजेका लागि तय गरिएको बैठक सूचना टाँस गरेर स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभाको अर्को बैठक यही भदौ २४ गते दिउँसो १ बजे बस्ने प्रदेश सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए ।

यसअघि, गत असार २२ गते प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०-८१ को बजेट पारित गरेसँगै अनिश्चितकालका लागि स्थगित भएको बैठक दुई महिनापछि बस्ने तय गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved