श्रीकृष्ण जन्माष्टमी : पाटनको कृष्ण मन्दिरमा श्रद्धालुको घुइँचो (तस्वीरहरू)

आज देशभरिका कृष्ण मन्दिरमा श्रद्धालुको घुइँचो लाग्ने गरेको छ । पाटनको कृष्ण मन्दिरमा पनि विहानैदेखि भीड लागेको छ ।

श्रीकृष्ण जन्माष्टमी : पाटनको कृष्ण मन्दिरमा श्रद्धालुको घुइँचो (तस्वीरहरू)

ललितपुर। हिन्दू धर्मशास्त्र अनुसार ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा आजकै दिन अर्थात् भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको मानिन्छ ।

वैदिक सनातन धर्मावलम्बीले भाद्रकृष्ण अष्टमीलाई ‘श्रीकृष्ण जन्माष्टमी’ को रूपमा श्रीकृष्णको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाउँदैछन् ।

भाद्रकृष्ण अष्टमीलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । हिन्दू धर्मशास्त्रमा प्रमुख चार रात्री छन् । कालरात्रि (दशैंको अष्टमीको रात्रि), मोहरात्री (कृष्ण जन्माष्टमीको रात्रि), महाशिवरात्रि (शिवरात्रि) र सुखरात्री (लक्ष्मीपूजाको रात्रि) ।

श्रीकृष्णले कुरुक्षेत्रमा भएको महाभारतको लडाइँमा पाँच पाण्डव मध्येका अर्जुनलाई दिव्य उपदेश दिएका थिए । त्यही उपदेशलाई श्रीमद्भागवत् गीता भनिन्छ र हिन्दू यसलाई आफ्नो पवित्र ग्रन्थ मान्दछन् ।

आज देशभरिका कृष्ण मन्दिरमा श्रद्धालुको घुइँचो लाग्ने गरेको छ । पाटनको कृष्ण मन्दिरमा पनि विहानैदेखि भीड लागेको छ ।

तस्वीरहरू:-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved