बढ्यो युरोको मूल्य, अन्य विदेशी मुद्राको विनिमय दर कति ? 

नेपालभ्युज

बढ्यो युरोको मूल्य, अन्य विदेशी मुद्राको विनिमय दर कति ? 

काठमाडौं । नेपाल राष्ट्रबैंकले आज मंगलवारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, युरो एकको खरिद दर १४२ रुपैयाँ ७२ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ २८ पैसा पुगेको छ । हिजो युरो एकको खरिद दर १४२ रुपैयाँ २८ पैसा रहेको थियो भने बिक्री दर १४२ रुपैयाँ १३ पैसा रहेको थियो ।

त्यसै गरी, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ १० पैसा रहेको छ भने, बिक्री दर १३२ रुपैयाँ ७० पैसा रहेको छ । राष्ट्रबैंकका अनुसार बेलायती पाउन्ड एकको खरिद दर १६६ रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्री १६७ रुपैयाँ ६३ पैसा पुगेको छ ।

कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved