महिनामा दुईपटक महिनावारी हुनुको कारण के हो ?

नेपालभ्युज

महिनामा दुईपटक महिनावारी हुनुको कारण के हो ?

एजेन्सी । पछिल्लो समय महिलामा अनियमित महिनावारीको समस्या धेरै देखिन्छ । डाक्टरलाई मान्ने हो भने, यो साइकल २८ दिनको हुनुपर्दछ तर कतिपय महिलालाई २४ देखि ३८ दिनभित्र पनि हुन सक्छ ।

यस्तो अघि पछि हुने समस्या बढ्दै जाँदा महिनामा दुईपटक महिनावारी हुने सम्भावना पनि बढ्न सक्छ । आउनुहोस् यस समस्याको कारण जान्नौं ।

महिनामा दुईपटक महिनावारी हुने समस्या गर्भावस्थाको कारणले पनि हुने गर्छ । यदि तपाईं शारीरिक सम्बन्धमा सक्रिय हुनुहुन्छ भने एकपटक गर्भवती भए / नभएको पनि जाँच गर्नुहोस् ।

कतिपय अवस्थामा मेनोपज पनि महिनावारी अनियमित हुनुको कारण बन्न सक्छ । यस समस्याको क्रममा डाक्टरले रोगीलाई हर्मोन थेरापी र एस्ट्रोजन रिप्लेसमेन्ट थेरापी गराउने सल्लाह दिन्छन् । जसले गर्दा महिनावारी नियमित गर्न सकिन्छ ।

पेल्विक इन्फ्लामेटरी डिजीज त्यस्तो स्थिति हो, जसमा ब्याक्टेरिया यौनीबाट महिलाको अंगभित्र पस्छन् र संक्रमण फैलन सक्छ । यस समस्याको क्रममा पनि अनियमित रक्तश्रावको समस्या देखिन सक्छ ।

त्यस्तै अर्को हाइपरथाइराइडिज्म र हाइपोथाइराइडिज्मको कारणले पनि महिनावारी अनियमित हुन सक्छ । जसले गर्दा महिनामा दुई पटक महिनावारीको समस्या देखिन्छ ।

युटेराइन फाइब्राइड युटेरससँग जोडिएको समस्या हो । जसले गर्दा महिला यसलाई महिनावारीमा भएको रक्तश्राव भन्ने सम्झन्छन् । तर त्यसो होइन ।

त्यस्तै अर्को सबैभन्दा महत्वपूर्ण कुरा आवश्यक भन्दा धेरै तनाव लिनु हो । अत्यधिक तनावबाट गुज्रिरहेको बेला पनि महिनामा दुईपटक महिनावारी हुने वा महिनावारी लामो समय नहुने खालको समस्या हुन्छ । यहीँबाट अन्य रोग पनि सुरु हुन सक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved