पूर्वप्रधानन्यायाधीश श्रेष्ठको चिन्ता- शान्ति प्रक्रिया टुंगोमा नपुग्दा देशमाथि सधैं प्रश्न उठ्यो

नेपालभ्युज

पूर्वप्रधानन्यायाधीश श्रेष्ठको चिन्ता- शान्ति प्रक्रिया टुंगोमा नपुग्दा देशमाथि सधैं प्रश्न उठ्यो

काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले शान्ति प्रक्रिया टुंगोमा नपुग्दा नेपाल द्वन्द्वपीडित देशमा वर्गीकृत हुनुपरेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउन अब कुनैपनि बहानामा ढिलाइ गर्न नहुनेमा पनि जोड दिए ।

उनले विश्व मानचित्रमा नेपाललाई द्वन्द्वपीडित देशबाट शान्तिमय देशमा बदल्नुपर्ने बताए । उनले पीडितलाई न्यायको प्रतीक्षा गराउनु नहुने पनि बताए ।

‘यो शान्तिमय देशको रुपमा संसारको मानचित्रमा बसेको देश हो । केही समयदेखि हामी द्वन्द्वपीडित देशमा वर्गीकृत छौं । विश्व मानचित्रमा द्वन्द्वपीडित राष्ट्रमा हामी चित्रित छौं’, उनले, ‘यो शान्ति प्रक्रिया टुंगोमा नपुगेका कारणले यो चित्र हाम्रो निरन्तर छ । यो निरन्तर भएको चित्रलाई बदल्नुपर्छ ।’

पूर्वप्रधानन्यायधीश श्रेष्ठले दीगो शान्तिका लागि न्यायिक आधारमा सुदृढ हुनपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved