नेपाल र भारतको क्रिकेट हेर्न जनकपुरमा २ बजेपछि विद्यालय बिदा

नेपालभ्युज

नेपाल र भारतको क्रिकेट हेर्न जनकपुरमा २ बजेपछि विद्यालय बिदा

जनकपुर। एसिया कप क्रिकेटमा नेपाल र भारतबीचको खेल हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले आज सोमबार दिउँसो २ बजेपछि विद्यालयमा बिदा दिएको छ ।

उपमहानगरपालिकाको शिक्षा शाखाका वरिष्ठ उपसचिव मेहीलाल यादवले सूचना निकालेर दिउँसो २ बजेपछि विद्यालय बन्द भएको जानकारी दिएका हुन् ।

नेपाली टिमको हौसला बढाउन र विद्यार्थीलाई खेलप्रति ऊर्जावान् भावना जागृत गराउनका लागि यस्तो गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल र भारतको खेल सवा ३ बजे सुरु हुँदैछ ।

 

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved