एक साताअघि नै बालेनलाई पुत्री लाभ, ‘अराजक अभिव्यक्ति’को बचाउका लागि सेन्टिमेन्ट बटुलिँदै

बच्चा अस्पतालमै भए पनि आमा भने दुई दिनअघि नै डिस्चार्ज भइसकेकी अस्पतालले जनाएको छ। ‘‘उहाँ डेलिभरी भएको एक साता भइसक्यो। बच्चा अस्पतालमा रहेकाले आमा सविनासहित मेयरज्यूको परिवारका सदस्यको अस्पतालमै आउजाउ भइरहेको छ’’ अस्पतालले भन्यो।

नेपालभ्युज

एक साताअघि नै बालेनलाई पुत्री लाभ, ‘अराजक अभिव्यक्ति’को बचाउका लागि सेन्टिमेन्ट बटुलिँदै

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई एक साताअघि नै पुत्रीलाभ भएको खुलेको छ। पत्नी सविना दुई दिनअघि नै डिस्चार्ज भइसकेकी छिन्। सविनाले छोरीलाई जन्म दिए पनि बच्चाको भने मेडिसिटी अस्पतालकै एनआईसीयूमा उपचार भइरहेको अस्पताल स्रोतले बताएको छ।

बालेनले शनिबार राती ‘सरकारले महानगरको गाडी रोकेको र सिंहदरबारमा आगो लगाउने’ भन्दै अराजक अभिव्यक्ति दिएपछि उनको आलोचना भइरहेको छ। शनिबार सरकारी गाडी चढेर सविना आउजाउ गर्दैथिइन्। सो क्रममा ट्राफिकले एकैछिन रोकेर चेकजाँच गरेको थियो।

आफ्नी पत्नीलाई ट्राफिकले रोकेपछि बालेनको स्ट्याटस लेखेका थिए। विवादास्पद स्ट्याटसको आलोचना भएपछि उनको बचाउमा समर्थकले सुत्केरी व्यथा लागेकी पत्नीको गाडी रोकिएकाले त्यस्तो लेखेको दाबी गरिरहेका छन्। तैपनि, बालेन पत्नी सविना गत आइतबार नै सबिना सुत्केरी भएको अस्पतालले जनाएको छ।

बच्चा अस्पतालमै भए पनि आमा भने दुई दिनअघि नै डिस्चार्ज भइसकेकी अस्पताले जनाएको छ। ‘‘उहाँ डेलिभरी भएको एक साता भइसक्यो। बच्चा अस्पतालमा रहेकाले आमा सविनासहित मेयरज्यूको परिवारका सदस्यको अस्पतालमै आउजाउ भइरहेको छ’’ अस्पतालले भन्यो।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले भने नियमित चेकजाँचमा महानगरपालिकाको गाडी परेको बताएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved