अस्पताल भर्ना भए पूर्वयुवराज पारस शाह

नेपालभ्युज

अस्पताल भर्ना भए पूर्वयुवराज पारस शाह

काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् ।  उनलाई शुक्रबार बिहान मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको हो ।

छाती दुख्ने समस्या भएपछि अस्पताल पुगेका उनको अहिले विभिन्न स्वास्थ्य परीक्षण भइरहेको उपचारमा समलग्न चिकित्सकले बताएका छन् ।

ती चिकित्सकका अनुसार उनमा खासै गम्भीर समस्या केही  देखिएको छैन । यसअघि पनि उनलाई मुटुमा समस्या देखिएको बताइएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved