सिटिजन लाइफको आइपीओमा आजबाट आवेदन दिन सकिने 

नेपालभ्युज

सिटिजन लाइफको आइपीओमा आजबाट आवेदन दिन सकिने 

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओमा आजदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा निष्कासन गरेको आइपीओमा आजदेखि आवेदन दिन सकिने सूचना जारी गरेको छ ।

कम्पनीको जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो । इन्स्योरेन्सले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा सर्वसाधारणका लागि ९० लाख कित्ता शेयर निष्कासन गर्न लागेको जनाएको छ ।

सर्वसाधारणले आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम  १५ लाख कित्तासम्म आवेदन दिन सक्नेछन । आइपीओ भर्नेे अवधी भदौं १५ गते अर्थात आजबाट असोज १९ गतेसम्म रहनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved