काठमाडौं महानगरमा शुक्रबार सार्वजनिक बिदा

नेपालभ्युज

काठमाडौं महानगरमा शुक्रबार सार्वजनिक बिदा

काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ । महानगरले बुधबार एक सूचना जारी गर्दै शुक्रबार सापारु र रोपाइ जात्रा मनाउन काठमाडौं महानगर क्षेत्रभित्र सार्वजनिक बिदा दिएको जनाएको छ  ।

शुक्रबार सापारु र रोपाइ जात्रा परम्परालाई निरन्तरता दिई महानगरपालिकाको मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न बिदा दिएको प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीद्वारा जारी सूचनामा भनिएको छ ।

‘काठमाडौँ महानगरपालिका स्थानीय राजपत्र संवत् २०८० भाद्र १३ गते प्रकाशित सूचना अनुसार संवत् २०८० भाद्र १५ गते शुक्रबारका दिनमा सापारु र रोपाइ जात्रा समेत मनाउने प्रचलन अनुसार उक्त परम्परालाई निरन्तरता दिई महानगरपालिकाको मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न संवत् २०८० भाद्र १५ गते शुक्रबारका दिन काठमाडौं महानगरपालिका क्षेत्रभित्र सार्वजनिक विदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,  सूचनामा भनिएको छ ।’

बिहीबार जनैपुर्णिमा र गाईजात्रा एकैदिन परेकोले सरकारले बिहीबार मात्र सार्वजनिक बिदा दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved