‘स्पेस सुट’ विना कुनै ग्रहमा मानिस पुग्यो भने के होला ?

नेपालभ्युज

‘स्पेस सुट’ विना कुनै ग्रहमा मानिस पुग्यो भने के होला ?

एजेन्सी । अन्तरिक्षमा वातावरण नहुनाले गर्दा मानिस त्यहाँ जिउँदो रहनु असम्भव हुन्छ । त्यसैले अन्तरिक्षमा जाँदा ‘स्पेस सुट’ यानि कि, विशेष कपडा लगाउनु आवस्यक छ ।

तर, के होला यदि उनीहरु स्पेस सुट नलगाईकन अर्को ग्रहमा उत्रिए भने ? विज्ञानको एउटा रिपोर्टमा यस बारेमा बहस गरिएको छ । सूर्यमा त नपुग्दै भस्म भइहाल्छ । यदि, बुध ग्रहमा गइयो भने स्वास रोकेर पनि दुई मिनेटभित्रै मृत्यु हुनेछ ।

यदि, बिना स्पेस सुट लगाएर शुक्र ग्रहमा गइयो भने केही सेकेन्डमै शरीर नष्ट हुन्छ । त्यस्तै, यदि चन्द्रमामा बिना स्पेस सुट जाँदा मानिसको ३ मिनेटभित्र मृत्यु हुन्छ ।

मंगल ग्रहमा दुई मिनेटभित्र मृत्यु हुने निश्चित छ । यसरी कुनै पनि ग्रहमा दुई मिनेटभन्दा धेरै बाँच्ने सम्भावना छैन । पृथ्वी मात्र यस्तो ग्रह हो जहाँ मानिस औषत उमेरसम्म कुनै प्रकारको स्पेस सुट वा अक्सिजन नलगाई बाँच्न सक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved