आईएमई पे र कान्तिपुर सिनेमाजबीच भुक्तानी साझेदारका लागि सम्झौता

नेपालभ्युज

आईएमई पे र कान्तिपुर सिनेमाजबीच भुक्तानी साझेदारका लागि सम्झौता

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आईएमई पेले कान्तिपुर सिनेमाजसँग एक्सक्लुसिव पेमेन्ट पार्टनरसिपको सम्झौता गरेको छ । यस सम्झौताअन्तर्गत कान्तिपुर सिनेमास्को एप तथा वेबसाइटमा आईएमई पे एक मात्र भुक्तानी साझेदारका रूपमा हुनेछ ।

कान्तिपुर सिनेमास् एक ओटीटी प्लेटफर्म हो, जहाँ विभिन्न चलचित्र तथा चलचित्रको श्रृंखलाहरूलाई सेवा प्रदान गरिन्छ । आईएमई डिजिटल सोलुसनका तर्फबाट प्रमुख मार्केटिङ अधिकृत सञ्जीवचन्द्र न्यौपानेले भदौ ५ गते सो सम्झौतामा हस्ताक्षर गरेका छन् ।

‘आईएमई पे ले ग्राहकहरूको सुविधाका लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यासलेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको छ ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ’आईएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved