सरकारले बहुमतको दम्भ देखाए प्रतिकार गर्ने गगन थापाको चेतावनी

नेपालभ्युज

सरकारले बहुमतको दम्भ देखाए प्रतिकार गर्ने गगन थापाको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको सरकार नै अपराधीलाई जोगाउनतिर लागेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक– २०८० माथिको सामान्य छलफलमा भाग लिँदै महामन्त्री थापाले सरकार वैधानिकरुपमै अपराधीलाई जोगाउनतिर लागेको बताएका हुन् ।

‘यो विधेयकमा मुलुकी फौजदारी संहिताको संशोधनमार्फत जघन्य अपराधमा संलग्नलाई जोगाउने प्रावधान ल्याउन खोजिएको छ’, उनले भने, ‘नेपाली कांग्रेसको तर्फबाट प्रष्ट भन्न चाहन्छु, राजनीतिक अपराधीकरण र अपराधको राजनीतिकरण स्वीकार्य छैन ।’

उनले बहुमतको आधारमा सरकारले संसदलाई हेप्ने गरेको भन्दै अब आफूहरु नहेपिने पनि बताए । उनले बहुमतका आधारमा आफूहरुलाई हेप्न खोजे प्रतिकार गर्ने चेतनावनीसमेत दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved