वरिष्ठ पत्रकार राजेश्वर नेपालीको निधन

वरिष्ठ पत्रकार राजेश्वर नेपालीको निधन

जनकपुरधाम । वरिष्ठ पत्रकार एवं साहित्यकार राजेश्वर नेपालीको निधन भएको छ ।

प्रजातन्त्र तथा प्रेस स्वतन्त्रता सेनानी नेपालीको सोमबार बेलुका ८ः१० बजे जनकपुधाम स्थित म्याक्स अस्पतालमा निधन भएको उनका छोरा राघवेन्द्रप्रसाद साहले जानकारी दिए।

गत असोज १२ गतेदेखि ओछ्यानमा परेका उनलाई यसअघि भारतको नयाँ दिल्लीका विभिन्न अस्पतालमा उपचार गरिएको थियो ।

आफ्नो जन्मदिन भन्दा सात दिनअघि नेपालीको निधन भएको हो । उनको जन्म जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ को बेला गाउँमा बुबा रामदुलास साह र आमा इन्द्रमणि देवीबाट २९ भाद्र २००२ भएको थियो।

मध्यम वर्गीय परिवारमा जन्मिएका नेपालीले स्नातकोत्तरसम्मको अध्ययन गरेपछि २६ मंसिर २०१८ बाट आफ्नो पत्रकारिता करियरको सुरुवात गरेका थिए । नेपाली कांग्रेसका नेता महेन्द्रनारायण निधि र बलराम नायकलाई सोही दिन जनकपुरधामबाट पक्राउ गरिएको थियो ।

नेताद्वय पक्राउ परेको समाचार ‘नेपाल सन्देश’ पत्रिकामा लेखेर उनले पत्रकारिताको सुरुवात गरेका थिए ।

उनले सन् २०१५ मा जानकी नौमीमा कविता लेखेर र वाचन गरेर साहित्य लेखन पनि सुरु गरेका थिए।

उनले अधिनायकवादका विरुद्ध लोकतन्त्र, समाजवाद र समानताका लागि निरन्तर आफ्नो लेखन अगाडि बढाउँदै आएका थिए ।

उनी पछिल्लो लामो समयदेखि बाबासिर, प्रोस्टेट क्यान्सरबाट पीडित थिए । उनी आन्दोलनका घाइते पनि हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved