मर्जरपछि नेप्सेमा सूचिकृत भयो लक्ष्मी सनराइजको सेयर 

नेपालभ्युज

मर्जरपछि नेप्सेमा सूचिकृत भयो लक्ष्मी सनराइजको सेयर 
काठमाडौं। लक्ष्मी सनराइज बैंक लिमिटेडको सेयर नेपाल स्टक एक्सचेञ्ज (नप्से) मा सूचिकृत भएको छ । साविकका बैंकहरू लक्ष्मी बैंक र सनराइज बैंक एक-आपसमा गाभिएर एकिकृत कारोबार सुरु गरेपछि लक्ष्मी सनराइज बैंकको नामबाट बैंकको सेयर नेप्सेमा सूचिकृत भएको हो ।
साविकको सनराइज बैंक लिमिटेडको सूचीकरणलाई खारेज गर्दै नेपाल धितोपत्र बोर्डले नेप्सेमा लक्ष्मी सनराइज बैंकको सेयरलाई सूचिकृत गरेको हो ।
नेप्सेमा बैंकको कुल २१ करोड ६७ लाख २ हजार ३७९ कित्ता सेयर सूचीकृत भएको छ । सूचीकरणसँगै मर्जर प्रयोजनको लागि रोक्का रहेको यी बैंकहरूको सेयर कारोबार पनि फुकुवा गरिएको छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved