पिकनिक गएका २ युवा त्रिशुलीमा बेपत्ता

नेपालभ्युज

पिकनिक गएका २ युवा त्रिशुलीमा बेपत्ता
फाइल तश्वीर

चितवन । वनभोज (पिकनिक) गएका २ जना त्रिशूली नदीमा शनिबार बेपत्ता भएका छन् । जिल्लाको भरतपुर महानगरपालिका-२९ गाईघाटमा नजिकैबाट भरतपुर महानगरपालिका-१० सप्तगण्डकी चोक बस्ने ३० वर्षका अर्जुन प्रधान र सोही ठाउँका ३० वर्षका प्रवीण श्रेष्ठ बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनीहरू दिउँसो साढे ४ बजेतिर नदीमा बेपत्ता भएका हुन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टिम परिचालन गरिएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved