रास्वपाले सबै संसदीय समितिको सभापतिमा उम्मेदवारी दिने

नेपालभ्युज

रास्वपाले सबै संसदीय समितिको सभापतिमा उम्मेदवारी दिने

काठमाडौं ।  पार्टीका तीन जना सदस्य भएका सबै संसदीय समितिमा रास्वपाले उम्मेदवारी दिने भएको छ । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले आफ्नो क्षमताले भ्याउने सबै विषयगत समितिको सभापतिमा उम्मेदवारी दिने भएको हो ।

समिति सभापतिमा उम्मेदवारी दिनका लागि उम्मेदवारसहित प्रस्तावक र समर्थक गरी तीन जना अनिवार्य चाहिने भएकाले आफ्नो क्षमताले भ्याउने समितिहरु सबैमा समिति सभापतिका लागि उम्मेदवारी दिने निर्णय गरेको हो ।

शुक्रवार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले ११ गते हुने संसदीय समितिको सभापतिका लागि क्षमताले पुग्ने समितिमा नेतृत्वका लागि उम्मेदवारी दिने र क्षमता नपुग्ने समितिका लागि आन्तरिक छलफल गर्ने बताए ।

उनले बैठकमा पार्टीका सभापति रवि लामिछानेले लम्पी स्किनसम्बन्धी सार्वजनिक महत्वको विषय भदौ १७ गतेपछि बस्ने संसदको बैठकमा छलफल गर्ने निर्णय गरेको बताए । उनले पार्टीका उपनेता विराजभक्त श्रेष्ठले डेंगु रोग सम्बन्धी संकल्प प्रश्ताव दर्ता गरेको र त्यसलाई पनि संसदमा छलफल गर्ने निर्णय भएको बताए ।

उनले निर्वाचन क्षेत्र विकास कार्यक्रममा विनियोजन विधेयकमा सरकारले छुट्याएको बजेटबारे सर्वोच्च अदालतबाट आएको आदेशको स्वागत गर्ने निर्णय गरेको बताए ।

प्रमुख सचेतक परियारले संसद अवरुद्ध खुलाउन पार्टीले महत्वपूर्ण भुमिका खेलेकाले अहिले संसद सुचारु भएको दाबी गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved