भ्रष्टाचारीले तराजुमा जोखेर घुस लिने गरेका छन्- पूर्वगभर्नर क्षेत्री

नेपालभ्युज

भ्रष्टाचारीले तराजुमा जोखेर घुस लिने गरेका छन्- पूर्वगभर्नर क्षेत्री

काठमाडौं । पूर्वगभर्नर तथा योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले नेपालमा भ्रष्ट्राचारीले तराजुमा जोखेरै घुस लिने गरेको बताएका छन् । गीतकार प्रदीप बम्जनको राष्ट्रवादी गीत सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै उनले भ्रष्ट्राचारीहरुले अलिअलि गर्दै तराजुमा तौलिएरै घुस लिन थालेको बताएका हुन् ।

भ्रष्ट्राचार न्यूनीकरण तथा रोकथाममा सरकारको ध्यानाकर्षण गराउँदै उनले भ्रष्ट्राचार गर्नेमा राजनीतिक व्यक्ति धेरै भएको खुलासा गरे ।

त्यसैगरी सोही भ्रष्ट्राचारविरोधी गीतको समालोचना गर्दै डा.मदनमणि दीक्षितले उक्त गीत सुनेर ‘भ्रष्ट्राचारी नै छमछमी नाच्ने पो हुन् कि !’ भन्दै ठट्यौलो टिप्पणी गरे । उनले भने, ‘कतै यो गीत सुनेर भ्रष्ट्राचारीहरु नै छमछमी नाच्ने पो हुन कि ? तर यो कुराको हेक्का रहोस्, हामीले यो गीतमार्फत उनीहरुको विरोध गरेका हौं ।’

उक्त गीतले वर्षौदेखि अदालतमा थन्किएर बसेका नेपालका काण्डैकाण्डको फाइललाई समेत खोल्न र निष्पक्ष छानबिन गर्न दबाब दिने बताउँदै उनले भने,‘ ऊ बेला जनयुद्ध हाँक्ने प्रचण्डलाई हामीले खुब सर्पाेट गरेका थियौं, अहिले प्रधानमन्त्री भए । खै त के गरे उनले ? म देशमा सुशासन कायम गर्छु त भन्छन् । वाह रे वाह सरकार ! के यही हो सुशासन ?’

समाज नै भ्रष्ट भएकाले कोही पनि भ्रष्ट्राचारबाट अछुत हुन नसकेको भन्दै प्राध्यापक डा.सुरेन्द्र केसीले भ्रष्ट्राचार नगरी कोही बस्नै नसक्ने अवस्था आएको बताए । उनले भने, ‘समाज नै भ्रष्ट छ, त्यसैले यसबाट कोही पनि उम्कन सक्दैन ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved