गठबन्धन सत्तास्वार्थको लागि होइन, सिद्धान्त नै मिलेको हो- नेता पुन

नेपालभ्युज

गठबन्धन सत्तास्वार्थको लागि होइन, सिद्धान्त नै मिलेको हो- नेता पुन
फाइत तस्वीर

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले सैद्धान्तिक कुरा मिलेका कारण नै वर्तमान सत्तारुढ गठबन्धन बनेको बताएका छन् ।

सोमबार नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरीको प्रथम स्मृति दिवसमा स्कुल अफ डेमोक्रेसीले काठमाडौंमा आयोजना गरेको ‘प्रजातान्त्रिक समाजवादका आयामहरू’ विषयक संवाद कार्यक्रममा बोल्दै उनले सैद्धान्तिक कुरा मिलेरै अहिलेको सत्तागठबन्धन बनेको बताएका हुन् ।

उनले संविधानलाई बचाउन र सुदृढ गर्नका लागि पनि सिद्दान्त मिल्ने दलहरू एक हुनुपर्ने बताए । सामाजिक न्यायसहितको समृद्धि र आर्थिक विकासको लागि आफूहरू गठबन्धनमा सामेल भएको उनको भनाइ थियो ।

‘सैद्धान्तिक रूपले केही कुरा मिलेर नै हामी एक ठाउँमा छौं । यो सत्तास्वार्थको लागि मात्रै होइन’, उनले भने, ‘शान्ति वार्ता, शान्ति सम्झौता, संविधानसभा, संविधान निर्माण गर्दा केही साझा बिन्दुहरू बनाएका छौं । त्यसमा हाम्रो सहकार्य हो।’

उपमहासचिव पुनले राष्ट्रियता, राष्ट्रिय स्वाधीनतालगायत राष्ट्रिय हितका विषयहरूमा दलहरूबीच आपसी सहकार्य हुनुपर्ने धारणा राखे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved