सन् नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ आवेदनको म्याद आज सकिँदै

नेपालभ्युज

सन् नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ आवेदनको म्याद आज सकिँदै

काठमाडौं। सन् नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागी जारी गरेको आईपीओ आवेदनको म्याद आज सकिँदै छ । इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्कासन गरेको आइपीओ बाँडफाँडपश्चात् सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो ।

इन्स्योरेन्सले आफ्नो जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो । सोमध्ये ९ लाख ६० हजार कित्ता सेयर प्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

अंकित मूल्यमा १३९ प्रतिशत रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा बाँकी रहेको ७६ लाख ८० हजार कित्ता सेयरका लागि मात्र सर्वसाधारणले आवेदन दिन सक्नेछन् । इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्कासन अवधि भदौ १४ गतेसम्म लम्बिनेछ । इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved