पहिचानका आधारमा प्रदेशको नामकरण भए समाजिक द्वन्द्व कम हुन्छ : गगन थापा

नेपालभ्युज

पहिचानका आधारमा प्रदेशको नामकरण भए समाजिक द्वन्द्व कम हुन्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पहिचानका आधारमा प्रदेशको नामाकरण भए सामाजिक द्वन्द्व कम हुने बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित स्व. प्रदीप गिरीको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले पहिचानका आधारमा प्रदेशहरुको नामाकरण हुनुपर्नेमा जोड दिएका हुन् ।

उनले स्वर्गीय नेता गिरीले पनि पहिचानका आधारमा प्रदेशको नामाकरण हुनुपर्ने मान्यता राखेको दाबी गर्दै उनले भने– प्रदीप गिरीले संविधान निर्माणको बेलामा पहिचानको आधारमा संघीयता हुनुपर्ने धारणा राख्नुभएको थियो । यदि त्यसो गरिएको भए समाजमा द्वन्द्व कम हुने थियो ।

गिरीको मानयतामा अघि बढे कांग्रेसको आन्तरिक जीवन पनि सुदृढ हुने उनको विश्वास थियो ।

महामन्त्री थापाले कांग्रेसलाई बदल्न पार्टी सदस्यता र उम्मेदवार छनोट प्रक्रिया बदल्न आवश्यक रहेको पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved