बेरोजगारलाई श्रम बैंकमार्फत रोजगारीमा जोड्दै काठमाडौं महानगर

नेपालभ्युज

बेरोजगारलाई श्रम बैंकमार्फत रोजगारीमा जोड्दै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगरभित्रका बेरोजगार नागरिकहरुलाई श्रम बैंकमार्फत रोजगारीसंग जोड्ने भएको छ । एक सूचना जारी गर्दै महानगरले नगरभित्रका सबै बेरोजगारीहरुलाई श्रम बैंकमा आबद्ध हुन आग्रह गरेको हो ।

सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मत सम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण, सहरी सुव्यवस्था कायम गराउने सम्बन्धमा महानगरपालिकालाई आवश्यक पर्ने श्रमशक्तिको आपूर्तिलाई निरन्तरता दिन श्रम बैंक सञ्चालन गर्न लागिएको महानगरले जनाएको छ ।

योजना सञ्चालनसँगै नगर परिसरमा बेरोजगार श्रम शक्तिमा रोजगारीको पहुँच बढ्ने र यसबाट श्रम संस्कृतिको विकास हुनाका साथै वैदेशिक रोजगारीमा युवा श्रमशक्तिको पलायनलाई रोकथाम गर्न मद्धत पुग्ने महानगरको विश्वास छ ।

महानगरपालिका क्षेत्रभरी चालु आवको लागि श्रम गर्न इच्छुक व्यक्तिहरुले तोकिएको फाराममा आवश्यक विवरण भरी आफू बसेको वडा कार्यालय वा महानगरपालिकाको रोजगार सेवा केन्द्रमा आवेदन पेस गर्न महानगरपालिकाले आग्रह गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved