नागपोखरीमा यसरी मनाइयो नागपञ्चमी (तश्वीरहरु)

नागपोखरीमा यसरी मनाइयो नागपञ्चमी (तश्वीरहरु)

काठमाडौं । हिन्दु धर्मावलम्बीहरूले आज घरघरमा नागको पूजा गर्दै नागपञ्चमी पर्व मनाउँदैछन् ।

यस्तै, आज विभिन्न ताल तलैयाहरूमा  पनि नागको पूजाअर्चना गरिन्छ । आज घरको मूलढोकामा नागका तस्बिर टाँसी सर्प, बिच्छीको पूजा गरिन्छ । नागपञ्चमीमा नाग सर्पजस्ता विषालु जीवको पूजा गर्नाले त्यसको भय कम हुने जनविश्वास रहिआएको छ ।

यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।

नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो ।

बराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिनमा नागपूजाका लागि प्रसिद्ध मानिन्छ ।

काठमाडौं उपत्यकामा आज पशुपतिको वासुकी, नक्सालको नागपोखरी, चोभारको टौदह, ललितपुरको नागदह लगायतका स्थानमा पूजा र मेला लाग्ने गर्दछ । तश्वीरमा हेरौँ, नक्सालस्थित नागपोखरीमा नाग पञ्चमीको रौनक-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved