५० कटिसक्दा पनि फिट र जवान देखिन्छन् यी बलिउड अभिनेत्री

नेपालभ्युज

५० कटिसक्दा पनि फिट र जवान देखिन्छन् यी बलिउड अभिनेत्री

एजेन्सी । बलिउडका अभिनेत्रीहरू आफ्नो सुन्दरता तथा फिटनेसका लागि चिनिने गर्छन् । उनीहरूलाई हेरेर उमेर अन्दाज गर्न सकिँदैन । यस्तै, कैयौं बलिउड अभिनेत्री छन् जसको उमेर ५० वर्षभन्दा पनि धेरै पुगिसक्यो । तर, उनीहरू फिटनेस र सुन्दरतामा अहिले पनि उस्तै छन् ।

माधुरी दीक्षित

माधुरी दीक्षित एकदमै प्रतिभाशाली तथा सुन्दर कलाकारमध्ये एक पर्छिन् । उनीको सुन्दरता र फिटनेस अहिले पनि जवान उमेरका युवतीहरूलाई टक्कर दिने खालको देखिन्छ ।

मनीषा कोइराला

मनीषा कोइरालाले कैयौं सुपरहिट फिल्ममा काम गरिसकेकी छन् । उनको उमेर ५३ कटे पनि उनी अहिले पनि एकदमै क्रियाशील छन् ।

जुही चावला

जुही चावलाको उमेर ५५ वर्षको छ र अहिले पनि उनी फिल्ममा काम गर्छिन् । उनको सुन्दरता अहिले पनि त्यति परिवर्तित देखिँदैन ।

तब्बु

बलिउडकी सुन्दर तथा प्रतिभाशाली अभिनेत्रीमा तब्बु पनि पर्छिन् । उनी अहिले पनि क्रियाशील भएर फिल्ममा काम गरिरहेकी छन् । उनको सुन्दरता तथा फिटनेस पनि अहिलेका अभिनेत्रीहरूसँग टक्कर दिने खालको छ ।

रेखा

रेखा एकदमै सुन्दर बलिउड अभिनेत्री मध्ये एक हुन् । उनको सुन्दरताको अहिले पनि सबैले प्रशंसा गर्छन् । साथमा उनी ७० को हाराहारीमा पुग्दा पनि अनुहारमा चमक र स्फूर्ति उस्तै छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved