सलमान खानले जेलमा आफै सफा गर्थे बाथरुम

नेपालभ्युज

सलमान खानले जेलमा आफै सफा गर्थे बाथरुम

एजेन्सी । सलमान खान आफ्नो व्यक्तिगत तथा व्यवसायीक जीवनलाई लिएर चर्चामा बनिरहन्छन् । हालै सलमान खान बिग बोस ओटीटी २ होस्ट गरिरहेका थिए । जहाँ उनले सरसफाईको कुरा गरेका थिए ।

सलमान खानले बिग बोस ओटीटी २ को अन्तिम दिन घर सफा राखेकोमा प्रतिस्पर्धीको प्रसंशा गरेका थिए । साथमा उनले स्कूलका दिनमा आफ्नो काम आफै गर्ने गरेको समेत बताएका थिए ।

सलमानका अनुसार बोर्डिङ स्कूलमा आफ्नो काम आफै गर्ने बानी थियो । साथमा उनले यो पनि भने कि, जब उनी जेलमा थिए त्यतिबेला आफ्नो बाथरुमको सफाई पनि गर्ने गर्थे ।

उनले भने, ‘काम कुनै पनि ठूलो सानो हुँदैन । सबैले सबै कामहरु गर्नुपर्दछ र जान्नुपर्दछ ।’ त्यस्तै उनले बिग बोस १३ को बेला घरमा गएर भान्सा र बाथरुम समेत सफा गरेका थिए ।

त्यतिबेला पनि उनी सरसफाई गरेको भनेर चर्चामा आएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved