अर्थमन्त्रीको दाबी- अर्थतन्त्र लयमा फर्कियो, अब सब ठीक हुन्छ

नेपालभ्युज

अर्थमन्त्रीको दाबी- अर्थतन्त्र लयमा फर्कियो, अब सब ठीक हुन्छ

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र लयमा फर्किएको दाबी गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित उद्यमशील युवा, सिर्जनशील युवा विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोरोना भाइरस र अन्य वाह्य कारणबाट धरासायी बनेको देशको अर्थतन्त्र क्रमशः लयमा फर्किएको दाबी गरेका हुन् ।

उनले अर्थतन्त्रलाई अझै चलायमान र सुदृढ बनाउन सकारात्मक सोच र प्रचारको आवश्यकता रहेको बताए ।

अहिले देशभर नकारात्मक विचारहरु बढी प्रचार हुँदा परिणाम सकारात्मक नदेखिएको उनको भनाइ छ । उनले नेपालको अर्थतन्त्र संकटमा रहेको भन्दै विदेश जानुको विकल्प छैन भन्नेजस्तो गरी प्रचारबाजी भएकाले अर्थतन्त्रमा समस्या उत्पन्न भएको पनि बताए ।

‘अब बिस्तारै हाम्रो इकोनोमीले लय पक्रँदै छ । हिजो कोभिड थियो, वाह्य अरु पनि समस्याहरु थिए । बिस्तारै त्यो हट्यो । लय पक्रिँदै छ’, उनले भने ।

अर्थमन्त्री महतले विदेश जानेबित्तिकै सबै चिज प्राप्त हुन्छ भन्ने मानसिकताबाट युवाहरु मुक्त हुनुपर्ने पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved