चन्द्रागिरिमा भारतको सहयोगमा निर्मित विद्यालय भवनको उद्घाटन

नेपालभ्युज

चन्द्रागिरिमा भारतको सहयोगमा निर्मित विद्यालय भवनको उद्घाटन

काठमाडौं।  शैक्षिक क्षेत्र पुनर्निर्माणमा भारत सरकारको अनुदान सहयोगमा निर्माण गरिएको काठमाडौंको चन्द्रागिरिस्थित श्री विष्णुदेवी माध्यमिक विद्यालय भवनको उद्घाटन भएको छ ।

नेपाल सरकारको भूकम्प उत्थानशील पुनर्निर्माण मापदण्ड अनुरूप करिब ७ करोड लागतमा विद्यालय भवनको निर्माण गरिएको हो । यस नवनिर्मित संरचनामा दुईवटा ब्लक रहेका छन् जसमा १३ वटा कक्षाकोठा, प्रशासनिक कक्ष, पुस्तकालय, बहुउद्देश्यीय हल, प्रयोगशाला आदि रहेका छन् ।

यो बालमैत्री, लैङ्गिकमैत्री र अपाङ्गमैत्री भूकम्प प्रतिरोधी संरचनाले ५०० जना भन्दा बढी विद्यार्थीलाई लाभान्वित तुल्याउनुका साथै प्रभावकारी सिकाइको वातावरण प्रदान गर्नेछ ।

भूकम्पपछिको पुनर्निर्माणका लागि भारत सरकारले उपलब्ध गराएको अनुदान रकम ५० मिलियन अमेरिकी डलरअन्तर्गत नेपालका आठ जिल्लामा निर्माण भइरहेका ७१ शैक्षिक संस्थामध्येको एक हो ।

७१ मध्ये ६५ वटा विद्यालयको निर्माण सम्पन्न भइसकेको छ । बाँकी ६ वटा पनि छिट्टै सम्पन्न हुने बताइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved