हवाईको आगलागीमा हरेक दिन २० वटा शव भेटिँदै, १३ सय वेपत्ता

नेपालभ्युज

हवाईको आगलागीमा हरेक दिन २० वटा शव भेटिँदै, १३ सय वेपत्ता

एजेन्सी। अमेरिकाको हवाई राज्यको माउई सहरमा भएको भीषण आगलागीमा शव खोज्ने क्रम चलिरहेको छ ।

उद्धार टोलीहरूले प्रति दिन १० देखि २० वटा थप शवहरु फेला पारिरहेका त्यहाँका गभर्नरलाई उधृत गर्दै बीबीसीले जनाएको छ ।

मृत्यु हुनेको संख्या बढेर ९६ पुगेको छ, जसले यसलाई एक शताब्दीभन्दा बढीमा अमेरिकाको सबैभन्दा घातक डढेलो बनाएको छ। ९६ जनाको शवलाई डीएनए प्रविधिबाट अनुसन्धान गर्दा जम्मा ३ जनाको मात्रै पहिचान भएको हो ।

गभर्नर जोस ग्रीनले मृत्युको पूर्ण संख्या जान्न १० दिन लाग्न सक्ने बताएका छन् ।  बेपत्ताको संख्या अहिले करिब १ हजार ३ सय पुगेको उनले बताए ।

आगलागीबाट लाहाइना सहर झण्डै पूरै जलेर नष्ट भएको छ । “पूर्ण विनाश बाहेक हेर्नको लागि केहि छैन,” ग्रीनले  भने ।

१३ सय जना वेपत्तामध्ये केही भागेको हुनसक्ने र धेरै आगोमै जलेको हुनसक्ने आशंका छ । अब भेटिएका शव पहिचान गर्न पनि ठूलो चुनौती रहेको प्रहरीले जनाएको छ ।

आगलागीले ध्वस्त भएको सहरमध्ये अहिलेसम्म १० प्रतिशत क्षेत्रको मात्रै खोजी भएको र बाँकी क्षेत्रको खोजीका क्रममा झन धेरै हृदयविदारक क्षण आउने गभर्नरले जनाएका छन् ।

हवाई राज्यको यो आगलागीलाई अमेरिकाको विपद् इतिहासकै ठूलो घटनाका रुपमा लिइएको छ । आगलागीले एक ऐतिहासिक सहर खरानीमा परिणत भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved