आठ महिनामै टेलिभिजन विज्ञापनमा देखिएकी थिइन् बलिउडकी यी चर्चित अभिनेत्री

नेपालभ्युज

आठ महिनामै टेलिभिजन विज्ञापनमा देखिएकी थिइन् बलिउडकी यी चर्चित अभिनेत्री

एजेन्सी । बलिउड अभिनेत्री कियारा आडवाणी अहिलेकी चल्तापूर्जा बलिउड हिरोइन मध्ये एक हुन् । अहिले फेरि उनको बारेमा चर्चा चलिरहेको छ । उनले रणवीर सिंहसँग फिल्म ‘डन ३’ मा रोमान्स गर्नेछिन् ।

कियारा आडवाणी एकदमै सानो उमेरदेखि क्यामरामा देखिएकी थिइन् । अभिनेत्रीले आफ्नो बारेमा खुलासा गरेकी छन् कि उनी मात्र ८ महिनाको उमेरमा नै एउटा टेलिभिजनको विज्ञापनको हिस्सा बनेकी थिइन् ।

त्यसो त कियारा आडवाणीले सन् २०१४ मा फिल्म ‘फगली’ बाट अभिनयमा डेब्यु गरेकी थिइन् । कियाराले ‘भूल भुलैया २’, ‘कबीर सिंह’ र ‘शेरशाह’ जस्ता कयौं सुपरहिट फिल्ममा काम गरिसकेकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved