बिग बोस : अभिषेक र एल्विशको सम्बन्धमा आयो दरार

नेपालभ्युज

बिग बोस : अभिषेक र एल्विशको सम्बन्धमा आयो दरार

एजेन्सी । बिग बोसको घरमा हरेक समय गेम मात्र बदलिँदैन कि सम्बन्ध पनि बदलिरहन्छन् । कयौं प्रतियोगी यस्ता छन्, जो आफ्नो फाइदाको हिसाबले र गेमलाई हेरेर तुरुन्तै परिवर्तन हुन्छन् ।

सामाजिक सञ्जालमा धेरै यूजर्सले एल्विश यादवप्रति अभिषेकको बदलिँदो व्यवहारमा प्रश्न गरिरहेका छन् । र उनलाई असुरक्षित महसुस भइरहेको समेत बताएका छन् ।

हालै एक लाइव फीडमा अभिषेक मल्हान र एल्विश यादवबीच कुराकानी भइरहेको थियो । अभिषेकले कुराकानी कै क्रममा एल्विश यादवसँग भन्छन्,“पहिला हरेक कोही ग्रुममा थियो, जहाँ सबै आआफ्नै धुनमा रहन्थे, धेरै कुराकानी गर्दैनथे । मैले मान्छु कि त एउटा मनोरञ्जन लिएर आइस् ।”

अभिषेकले उनलाई अगाडि भने, ‘हाँस्ने खेल्ने सबैसँग बोल्ने तेरो एउटा विशेषता छ जो रमाइलो छ । तँ मान्छे पनि एकदमै राम्रो र इमान्दार छस् । तर गेममा भने तेरो सहभागिता एकदमै कम छ ।’ जहाँ आफ्नो कुरा नआएसम्म अरुका लागि कहिल्यै नबोल्ने खालको बानी एल्विशको भएको अभिषेकको भनाई छ ।

यस्तै खालका आरोप केही दिनदेखि अभिषेकले एल्विशलाई लगाइरहेका छन् । जहाँ एल्विश पनि अन्य सहभागीसँग अभिषेकको बारेमा कुरा गर्न थालेका छन् । यसमा एल्विशबाट अभिषेकले असुरक्षित महसुस गरेको प्रसंशक  तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले बताएका छन् ।

कतिपयले अभिषेक दोहोरो चरित्रको मान्छे भएको समेत बताएका छन् । यसरी बिगबोसको अन्तिम दिन आउँदै गर्दा सबैको ढुकढुकी बढेको छ । टप पाँच मात्र भएकाले घर शान्त देखिन थालेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved