एलन मस्कले कुर्सीदेखि ट्विटरको पुरानो लोगोसम्म ५ सय ८४ वटा वस्तु लिलामी गर्ने

नेपालभ्युज

एलन मस्कले कुर्सीदेखि ट्विटरको पुरानो लोगोसम्म ५ सय ८४ वटा वस्तु लिलामी गर्ने

एजेन्सी। ट्विटरको नाम बदलेर एक्स राखेपछि अब अर्बपति एलोन मस्कले ट्वीटर भवनमा राखिएका सामान लिलामी गर्ने भएका छन् ।

लिलामी हुने ५ सय ८४ वस्तुमध्ये कफी टेबल, कुर्सी, संगीत वाद्ययन्त्र, तस्बिर, पिंजरा, पेन्टिङलगायतका सामग्री रहेका छन् ।

ट्विटर खरिद गरेदेखि मस्कले  कर्मचारी कटौती गर्ने प्रयास गरिरहेका छन्, जसका कारण हजारौंले आफ्नो जागिर गुमाएका छन् । ट्विटरको पुरानो लोगो बर्ड अझै पनि कम्पनीको मुख्यालयमा स्थापित छ।

गत महिना पुरानो चिन्ह हटाउने प्रयास सान फ्रान्सिस्को प्रशासन द्वारा अवरुद्ध गरिएको थियो। यो लिलामी सेप्टेम्बर १२ बाट सुरु हुनेछ र दुई दिन सम्म चल्नेछ।

लिलामीको सबैभन्दा महँगा र आकर्षक वस्तु भनेको ट्विटरको पुरानो लोगो सानो निलो चरा हो । कम्पनीले कुनै पनि वस्तुको लिलामीको आधार मूल्य कम्तिमा २५ डलर हुने बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved