शीत भण्डार निर्माणमा भ्रष्टाचार भएको अख्तियारको ठहर, सचिवसहित १६ जनाविरुद्ध मुद्दा दर्ता

नेपालभ्युज

शीत भण्डार निर्माणमा भ्रष्टाचार भएको अख्तियारको ठहर, सचिवसहित १६ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । सुर्खेतको शीत भण्डार निर्माणमा भ्रष्टाचार गरेको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रदेश सचिव राजेन्द्रप्रसाद भारीसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले सचिव भारी, गणेश भण्डारी, हरि प्रसाद पण्डित, हरि बहादुर थापा, भक्तिराम शर्मा, गुरु प्रसाद अधिकारी, उत्तम कुमार बस्नेत, खिमलाल वली, सुरेश कुमार थापा, उषा ठाडा, प्रकाश अधिकारी, सुवर्ण राज भारती, कलाधर उपाध्याय, लक्ष्मण कडेल, प्रवल शाही र महेश शर्मासहित १६ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो ।

सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

शीत भण्डार निर्माण कार्यमा वास्तविक कार्यभन्दा बढी भुक्तानी भएको उजुरी परेको थियो । सचिवलगायतले बयानब्बे लाख त्रिचालीस हजार दुई सय अन्ठानब्बे रुपैयाँ भुक्तानी गरेर भ्रष्टाचारजन्य कसुर गरेको अख्तियारको ठहर छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved