देउवाले बोलाए दलको बैठक, संसद् खुलाउनेबारे छलफल हुने

नेपालभ्युज

देउवाले बोलाए दलको बैठक, संसद् खुलाउनेबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बस्न लागेको छ । पार्टी सभापति एवम् कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले बिहीबार दिउँसो ४ बजे दलको बैठक बोलाएका हुन् ।

सभापति देउवाले आफ्नै निजी निवासमा बैठक बोलाएका छन् ।

संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जारी राखेको अवरोध खोल्ने विषयमा बैठक केन्द्रित हुने बताइएको छ ।

सुन तस्करीका बारेमा छानबिन गर्न उच्च स्तरीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद चल्न दिएको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved