उत्तर प्रदेश विधानसभामा नयाँ नियम, चर्को स्वरमा हाँस्न नपाइने, मोबाइल फोन प्रतिबन्ध

नेपालभ्युज

उत्तर प्रदेश विधानसभामा नयाँ नियम, चर्को स्वरमा हाँस्न नपाइने, मोबाइल फोन प्रतिबन्ध

एजेन्सी भारतको उत्तर प्रदेश विधानसभामा चाँडै नयाँ नियम लागू हुने भएका छन् ।

यी नियमहरू अन्तर्गत, विधायकहरूलाई सदन भित्र फोन बोक्न अनुमति दिइने छैन। यूपी विधानसभाका अध्यक्ष सतीश महानाका अनुसार आज बुधवार सदनमा नियमहरूमाथि छलफल हुनेछ।

सदनमा पारित भएपछि, उत्तर प्रदेश विधान सभाको कार्यविधि र व्यवहार नियम २०२३ ले  सन् १९५८ को पहिलेको नियमहरू प्रतिस्थापन गर्नेछ।

यूपी विधानसभामा नयाँ नियम यस्ता छन्-

  • विधायकहरूले विधानसभा भित्र मोबाइल फोन लैजान पाउने छैनन् ।
  • कारबाही वा बहसको क्रममा विरोधमा कुनै कागज च्यात्न पाउने छैनन् ।
  • सभामुखलाई पिठ्यु देखाउन पाइनेछैन् ।
  • सांसदहरुले घरेलु हतियार ल्याउन र देखाउन पाउने छैनन् ।
  • सांसदहरुले धुम्रपान गर्न पाउने छैनन् ।
  • सांसदहरुले सदनमा चर्को स्वरमा हाँस्न पनि पाउँदैनन् र चर्को स्वरमा बोल्न पनि पाउँदैनन् ।
  • सांसदहरुले सदनमा झण्डा वा ब्यानर देखाउन पाउने छैनन् ।
  • सभाको कार्यवाहीसँग सम्बन्धित बाहेक कुनै किसिमको किताब, नोट वा पर्ची सभा भित्र लैजान पाइने छैन ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved