छानबिन समिति बनाउनेबारे संसदमै भोटिङ गर्न एमालेको माग

नेपालभ्युज

छानबिन समिति बनाउनेबारे संसदमै भोटिङ गर्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले सय किलो सुन तस्करी प्रकरणका लागि छानबिन समिति बनाउने कि नबनाउने भन्नेबारे छिनोफानो गर्न संसदमै भोटिङको माग गरेको छ ।

सुन तस्करीका लागि छानबिन समिति बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आनाकानी गरिरहेको आरोप लगाउँदै एमालेले छानबिन समिति बनाउन दबाबमूलक माग राखेको हो ।

संसदमा बोल्दै एमाले सचिव योगेश भट्टराईले भने– हामीलाई सुन तस्करीमा सरकारको नियतमाथि शंका छ । नत्र छानबिन समिति बनाउन के समस्या भयो ? बरु छानबिन समिति बनाउने कि नबनाउने भन्नेबारे छिनोफानो गर्न संसदमै भोटिङ गरौं, कुनै दलले ह्वीप जारी नगरौं ।

भट्टराईले सभामुखले छानबिन समिति बनाउन रुलिङ नगरे फेरि संसद अवरुद्ध पार्ने चेतावनी पनि दिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved