विकास बजेट खर्च गर्नेमा काठमाडौं महानगर सबैभन्दा कमजोर, वीरगञ्ज पहिलो

नेपालभ्युज

विकास बजेट खर्च गर्नेमा काठमाडौं महानगर सबैभन्दा कमजोर, वीरगञ्ज पहिलो

काठमाडौं । अघिल्लो आर्थिक वर्षमा सबैभन्दा कम विकास बजेट खर्च गर्ने महानगरमा परेको छ, काठमाडौं महानगरपालिका ।

देशका अरु पाँचवटा महानगरले ६० प्रतिशतभन्दा बढी विकास बजेट खर्च गरेका छन् भने सबैभन्दा धेरै बजेट भएको काठमाडौं महानगरपालिकाको ३६ प्रतिशतमात्रै खर्च गर्न सकेको छ ।

२५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको काठमाडौं महानगरले आर्थिक वर्ष सकिँदा जम्मा ९ अर्ब १६ करोड ३३ लाख ७२ हजार मात्रै खर्च गरेको छ । यो ३६ दशमलव ०४ प्रतिशत मात्रै हो ।

तथ्यांकअनुसार वीरगञ्ज महानगरपालिकाले सबैभन्दा बढी अर्थात् ८० प्रतिशत विकास बजेट खर्च गरेको छ । वीरगञ्ज महानगरपालिकाको बजेट ४ अर्ब ४६ करोडमध्ये ३ अर्ब ५५ करोड रुपैयाँ खर्च भएको हो ।

त्यस्तै पोखरा महानगरपालिकाले आफ्नो कुल बजेटको ६१ प्रतिशत खर्च गरेको छ । महानगरपालिकाले ८ अर्ब ८४ करोड ६५ लाख रुपैयाँको बजेट ल्याएकोमा ५ अर्ब ४५ करोड ५१ लाख ६८ हजार खर्च भएको हो ।

भरतपुर महानगरपालिकाले भने ६७ प्रतिशत बजेट खर्च गरेको छ । महानगरपालिकाले ल्याएको ६ अर्ब ५५ करोड बजेटमध्ये ४ अर्ब ३९ करोड खर्च गरेको हो ।

त्यस्तै ललितपुर महानगरपालिकाको कुल बजेट ६ अर्ब ३५ करोड ३५ लाखमध्ये ६५ प्रतिशत बजेट खर्च गरेको छ । चालु र पूँजीगत गरी ललितपुरले ४ अर्ब १७ करोड ९३ लाख खर्च गरेको हो ।

 

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved