एलन मस्क र मार्क जुकरबर्गबीच कुस्ती हुँदै, सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारणसमेत हुने

नेपालभ्युज

एलन मस्क र मार्क जुकरबर्गबीच कुस्ती हुँदै, सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारणसमेत हुने

काठमाडौं। एक्स (साविकको ट्विटर) का मालिक एलन मस्क र फेसबुकका संस्थापक मार्क जुकरबर्गबीच कुस्ती भिडन्त हुने पक्का भएको छ । साथै, प्रविधि जगतका यी दुई अर्बपतिबीचको कुस्ती प्रत्यक्ष प्रारणसमेत हुने भएको छ।

एलन मस्कले आइतबार आफ्नो सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै मेटा सीईओ जुकरबर्गसँग हुने फलामे बारभित्रको कुस्ती (केज फाइट) को लाइभ स्ट्रिम अर्थात् प्रत्यक्ष प्रसारण गरिने बताएका छन् । उक्त भिडन्तको प्रत्यक्ष प्रसारण एक्स अर्थात् ट्वीटरमै हुनेछ । उक्त भिडन्तबाट हुने आम्दानीलाई परोपकारी कार्यका लागि दान गरिने पनि मस्कले दाबी गरेका छन् ।

केही महिनायता मस्क र जुकरबर्गबीच हुने कुस्तीको विषय चर्चामा रहँदै आएकोमा हालै Ultimate Fighting Championship (UFS) का अध्यक्ष डाना ह्वाइटले पनिउनीहरूबीच कुस्ती भिडन्त हुने पुष्टि गरेका छन् । यद्यपि, उनले कुस्तीको मिति भने खुलाएका छैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved