संसदीय समितिको नेतृत्वमा रास्वपा र राप्रपा नील, जसपा र जनमतलाई एक-एक सभापति

कांग्रेसलाई चार, एमालेलाई तीन र माओवादीलाई दुई समितिका सभापति

नेपालभ्युज

संसदीय समितिको नेतृत्वमा रास्वपा र राप्रपा नील, जसपा र जनमतलाई एक-एक सभापति

काठमाडौं । लामो विवादपछि दलहरुले संसदीय समिति सभापतिको भागबण्डा मिलाएका छन् ।

दलहरुबीच सहमति भएअनुसार कांग्रेसले ४, एमालेले ३, माओवादी केन्द्रले २, नेकपा एकीकृत समाजवादीले १, जनता समाजवादी पार्टीले १ र जनमत पार्टीले १ समितिको नेतृत्व पाउनेछन् ।

प्रतिनिधिसभामा २० सीट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी र १४ सीट भएको राप्रपाले भने संसदीय समितिको सभापतिमा भाग पाएनन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी संसदीय दलको बैठकमा संसदीय समिति सभापतिको भागबन्डा मिलिसकेको बताएका हुन् ।

भागबन्डा मिलिसकेकाले अब चाँडै समितिले सभापति पाउनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved