दोहोरो अंकले घट्यो नेप्से, २ अर्ब ६८ करोड बराबरको कारोबार

नेपालभ्युज

दोहोरो अंकले घट्यो नेप्से, २ अर्ब ६८ करोड बराबरको कारोबार

काठमाडौं। आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३८ अंकले घटेको छ । कारोबार सुरु भएदेखि नै घट्न थालेको परिसूचक १.८३ प्रतिशतले घट्दै २०५१ अंकमा आएर रोकिएको हो ।

साताको पहिलो कारोबारको दिन आज परिसूचक उच्च अंकले घट्दा १९७ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, १८ कम्पनीको सेयर मूल्य बढेको छ भने २ कम्पनीको मूल्य स्थिर छ ।

यसक्रममा आज २ अर्ब ६८ करोड ७१ लाख रुपैयाँ बराबरको ८० लाख कित्ता सेयर किनबेच भएको छ ।

परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । गत साताको बिहीबार परिसूचक ३ अंकले बढ्दा १ अर्ब ७८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका सबै १३ वटै समूहको सूचक घटेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved