काठमाडौं विश्वविद्यालयले दियो बालेनलाई पीएचडी फेलोसिप

नेपालभ्युज

काठमाडौं विश्वविद्यालयले दियो बालेनलाई पीएचडी फेलोसिप

काठमाडौं । काठमाडौं विश्वविद्यालयले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पीएचडी अध्ययनका लागि फेलोसिप  दिने निर्णय  गरेको छ ।

मेयर शाहले शनिबार सामाजिक संजालमा फेलोसिपका लागि छनोट भएको भनी काठमाडौं विश्वविद्यालयले पठाएको पत्र शेयर गर्दै  फेलोसिपका लागि छनोट भएको बताएका हुन् ।

काठमाडौं विश्वविद्यालयको सिभिल इन्जिनियरिङ विभागबाट पीएचडीका लागी आवेदन दिएका उनलाई विश्वविद्यालयले केयू रिचर्स फेलोसिपका लागि छनोट गरेको हो ।

काठमाडौं विश्वविद्यालयका अनुसार उनले एसोसिएट प्रोफेसर डा. श्यामसुन्दर खड्काको मातहतमा रहेर पीएचडी गर्ने  भएका छन् ।

हेर्नुहोस् बालेनले फेसबुकमा शेयर गरेको  पत्र


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved