बालुवाटारको प्रदर्शन सकेर बानेश्वर आए निर्माण व्यवसायी (तस्वीरहरु)

बिहान प्रधानमन्त्रीनिवास बालुवाटारअघि प्रदर्शन गरेका उनीहरुले दिउँसो बानेश्वरमा भेला भएर सरकारको विरोध गरेका हुन् ।

बालुवाटारको प्रदर्शन सकेर बानेश्वर आए निर्माण व्यवसायी (तस्वीरहरु)

काठमाडौ। समयमै भुक्तानी र म्याद थपको माग राख्दै आन्दोलनरत निर्माण व्यवसायीहरुले नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन्।

बिहान प्रधानमन्त्रीनिवास बालुवाटारअघि प्रदर्शन गरेका उनीहरुले दिउँसो बानेश्वरमा भेला भएर सरकारको विरोध गरेका हुन् ।

सरकारले निर्माण व्यवसायीहरुलाई काममा फर्काउनको लागि ठोस कार्ययोजना बनाइ माग सम्बोधन गर्नुपर्ने उनीहरुको भनाइ छ । विगतका सम्झौता कार्यान्वयन नभएसम्म र सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप नभएसम्म आन्दोलन जारी रहने उनीहरुको चेतावनी छ ।

व्यवसायीहरुले सार्वजनिक खरिद ऐन संशोधन हुनुपर्ने समेत माग राखेका छन् । उनीहरुले बिहान बालुवाटारमा डोजर र अन्य निर्माण यन्त्रहरु सडकमा राखेर विरोध प्रदर्शन गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved