प्रस्तावित राजदूतका उजुरीमाथि संसदीय समितिमा छलफल नहुने

नेपालभ्युज

प्रस्तावित राजदूतका उजुरीमाथि संसदीय समितिमा छलफल नहुने
फाइल तस्वीर ।

काठमाडौं । विभिन्न मुलुकका लागि प्रस्तावित राजदूतहरुमाथि परेका उजुरीबारे संसदीय सुनुवाइ समितिमा छलफल नहुने भएको छ ।

समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले विभिन्न ६ मुलुकका लागि प्रस्तावित राजदूतहरुबारे परेको उजुरीमाथि छलफल नगर्ने निर्णय गरेको हो ।

राजदूत सिफारिस समावेशी नभएको निष्कर्ष निकाल्दै बैठकले छलफल गर्न परराष्ट्रमन्त्री एनपी साउदलाई बोलाउने पनि निर्णय गरेको छ । भोलि (साउन १७) गते बस्ने बैठकमा सो सम्बन्धमा छलफल गर्न परराष्ट्रमन्त्री साउदलाई बोलाउने निर्णय पनि गरिएको समितिका ज्येष्ठ सदस्य एवम् सभापति ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

सरकारले न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूत लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्र संघीय नियोगका आवासीय प्रतिनिधि रामप्रसाद सुवेदी, संयुक्त अरब इमिरेट्सका लागि राजदूतमा तेजबहादुर क्षेत्री, कुवेतका लागि राजदूतमा घनश्याम लम्साल, थाईल्याण्डका लागि धनबहादुर ओली र फ्रान्सका राजदूतमा सुधीर भट्टराईको नाम प्रस्ताव गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved