मधेस सरकार छैटौंपटक विस्तार, समिस र सिंह बने मन्त्री

नेपालभ्युज

मधेस सरकार छैटौंपटक विस्तार, समिस र सिंह बने मन्त्री

काठमाडौं । मधेस प्रदेश सरकार छैटौंपटक विस्तार भएको छ । सोमबार दुईजना मन्त्री थपिएसँगै मधेस सरकार पूर्ण भएको छ ।

सरकारमा कांग्रेसबाट मोहमद समिम र जनमत पार्टीबाट चन्दन सिंह मन्त्री नियुक्त भएका हुन् । समिम गृह सञ्चार तथा कानुनमन्त्री र सिंह श्रम तथा यातायातमन्त्रीमा नियुक्त भएका हुन् ।

नवनियुक्त दुवै मन्त्रीले सोमबार नै प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved