वर्षमानको प्रष्टीकरण- त्यो पहिल्यैको फोटो हो, दोषी ठहरिए कारबाही भोग्छु

नेपालभ्युज

वर्षमानको प्रष्टीकरण- त्यो पहिल्यैको फोटो हो, दोषी ठहरिए कारबाही भोग्छु
फाइल फोटो

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं सांसद वर्षमान पुनले सुन प्रकरणमा आफूमाथि लागेको आरोपको पनि निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।

सोमबार संसद भवनबाहिर पत्रकारसँग कुरा गर्दै पूर्व अर्थमन्त्रीसमेत रहेका पुनले सुन प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको र छानबिनबाट दोषी ठहरिए कारबाही भोग्न तयार रहेको बताएका हुन् ।

‘प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार र सुन तस्करीविरुद्ध चलाएको अभियान नेपाली राजनितिलाई शुद्ध बनाउन हो । यसमा मेरो पूरै समर्थन छ । मेरो कहीँ कतै संलग्नता छैन’, उनले भने, ‘आठ वर्ष पहिलेको पारिवारिक फोटोलाई राखेर अहिले हल्ला चलाइएको छ । तस्करीको निष्पक्ष छानबिन होस्, म दोषी ठहरिए कारबाही भोग्न तयार छु ।’

पुनले प्रधानमन्त्रीले भ्रष्टाचार र सुन तस्करीविरुद्ध चलाएको अभियानले नेपाली राजनीति शुद्धीकरण गर्नेसमेत दाबी गरे । उनले अनाहकमा सुन तस्करी प्रकरणमा आफूलाई जोडेको भन्दै दुःख व्यक्त गरे ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा छिरिङ र पुन परिवारले सँगै खाना खाएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । उक्त फोटोकै आधारमा कतिपयले पुनलाई सुन तस्करीमा संलग्न भएको आरोपसमेत लगाइरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved