गणित र विज्ञानका शिक्षक पाउनै मुस्किल

नेपालभ्युज

गणित र विज्ञानका शिक्षक पाउनै मुस्किल

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको सर्वोदय माविले माध्यमिक तहका लागि पाँचौं पटकसम्म सूचना प्रकाशन गर्दा पनि गणित शिक्षक पाएको छैन ।

माध्यमिक विद्यालय तेस्रो तहको दरबन्दीअनुसार मासिक रु ४३ हजार छ सय ७९ तलब हुने यो पदमा कसैले दरखास्त नदिएपछि गत पुसदेखि दरबन्दी खाली भएको हो ।

शिक्षक अभावमा विद्यालयले माध्यामिक शिक्षा परीक्षा (एसइई) दिने विद्यार्थीका लागि छिमेकी मुक्तिमार्ग माविका शिक्षक विमल बरुवाललाई बिहान–बेलुकी तथा शनिबार पढाएर कोर्स सक्ने गरी ‘पार्टटाइम’ नियुक्त गरी पठनपाठन चलाएको प्रअ गोविन्द थापाले बताए ।

‘कक्षा ९–१० लाई विज्ञान विषयका र तल्लो कक्षाका शिक्षकले माथिल्लो तहमा पढाउन लगाएर कक्षा खाली हुन रोकेका छौँ’, उनले भने, ‘दरबन्दीका विषयगत शिक्षक नहुँदा पठनपाठन प्रभावित भएको छ ।’

मङ्गला गाउँपालिका–१ पूर्णगाउँको राष्ट्रिय जनजागृति माध्यमिक विद्यालयले मासिक ३० हजार तलब हुने गरी गणित विषयका शिक्षक भर्ना गर्न दसौंपटक विज्ञापन गरे पनि कसैको दरखास्त परेको छैन् । पटक–पटक विज्ञापन गर्दा पनि शिक्षक नपाएकै कारण पठनपाठन प्रभावित भएका सर्वोदय र राष्ट्रिय जनजागृति माविजस्तै धेरै विद्यालयहरू छन् ।-रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved